मंगलबार , अषोज २७, २०८३

इङल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्डले टी २० विश्वकपको फाइनल यात्रा गरेको छ । ड्यारेल मिट्चेले ७३ रनको शान्दार पारी खेल्दा १ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले अन्तिम एक ओभर बाँकी छँदै पूरा गर्यो । अन्त्यतिर निकै बिस्फोटक देखिएका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

मार्टिन गुप्टिल ४ र कप्तान केन विलियमसन ५ रनमा आउट भएपछि सुरूदेखि नै न्युजिल्यान्ड दबाबमा थियो । तर, खेलको अन्त्यतिर जेम्स निसाम र मिट्चेलले ४० रनको साझेदारी गर्दा न्युजिल्यान्डले राम्रो कमब्याक गर्यो । ईयोन मोर्गानले क्याचआउट गर्नुअघि निसामले ११ बलमा ३ छक्का र १ चौकासहित २७ रन बनाएका थिए । न्युजिल्यान्डको जितमा डिभोन कनवेले पनि ४६ रनको योगदान गरे ।

खेलमा पहिले ब्याटिङ गरेको इङल्यान्डबाट मोइन अलीले ५१ र डेभिड डेभिड मलनले ४१ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP