बिहिबार , जेठ २, २०८२

‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु भएको छ । मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिएका छन्। त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार ४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउने छनभने कुल ८० प्रश्न सोध्नेछन् । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग भएका छन् ।

जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत तथ्यांक संकलन नहुने भएको छ। भारतले अनुमति नदिएपछि सो क्षेत्रमा अव प्रविधिको प्रयोग गरेर अनुमानका भरमा जनसंख्या गणना गरिने भएको छ ।

यसपटकको जनगणनामा ४० हजार जना गणकले १५ दिनमा संकलन गरिसक्नुपर्नेछ । ‘यो १२ औं जनगणनाका लागी यस अगाडि नै घर परिवार सूचीकरण कार्यक्रम गरिईसकेको छ। मुख्य गणनाको कार्य आजदेखि शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP