मंगलबार , भाद्र १६, २०८३

‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु भएको छ । मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिएका छन्। त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार ४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउने छनभने कुल ८० प्रश्न सोध्नेछन् । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग भएका छन् ।

जनगणनामा नेपालको नक्साभित्र समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीका गाउँमा स्थलगत तथ्यांक संकलन नहुने भएको छ। भारतले अनुमति नदिएपछि सो क्षेत्रमा अव प्रविधिको प्रयोग गरेर अनुमानका भरमा जनसंख्या गणना गरिने भएको छ ।

यसपटकको जनगणनामा ४० हजार जना गणकले १५ दिनमा संकलन गरिसक्नुपर्नेछ । ‘यो १२ औं जनगणनाका लागी यस अगाडि नै घर परिवार सूचीकरण कार्यक्रम गरिईसकेको छ। मुख्य गणनाको कार्य आजदेखि शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP