मंगलबार , बैसाख २९, २०८३

नेकपा एमाले छाडेर नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका वामदेव गौतमले नेपाल सरकार र अमेरिकासँग अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता गर्न आग्रह गरेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्नुपर्ने बताएका हुन् ।

‘एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’, गौतमले विज्ञप्तिमार्फत भनेका छन् ।

उनले नेपालमा अहिलेको जटिल अवस्थामा बनेको सरकार र बहाल रहेको संसदले एमसीसी अनुमोदन गर्न सक्ने अवस्था नरहेको समेत बताएका छन् । ‘यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवद्र्धन गर्न विनम्र अनुरोध गर्दछु’, गौतमले नेपाल सरकार र अमेरिकालाई अनुरोध गरेका छन् । यसअघि एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फरक फरक धारणा सार्वजनिक भएको थियो ।

यस्तो छ गौतमको विज्ञप्ति :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP