मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलियाको उत्तरीराज्यमा रहेको नेपाली संघसंस्थाहरुले नेपालको राष्ट्रीय खेल भलिबललाई कर्मभुमीमा अन्य समुदायसंग परिचित गराउने उद्धेश्यले मल्टीकल्चरल भलिबल कप गर्ने निर्णय भए लगत्तै डार्विनमा नवगठित “नेपाली भलिबल क्लब डार्विन” को सकृयतामा आगामी आईतबार,१४ November मा पहिलो नेपाली भलिबल प्रतियोगिता हुँदै छ। यो प्रतियोगिता नेपाली भोलिबल क्लब डार्विन, नेपालीज एसोसिएसन अफ नर्दन टेरीटोरी र NRNA-NT को संयुक्त आयोजना मा हुन लागेको हो।
सन २०२२ जनवरी १५-१६ मा हुन गईरहेको मल्टीकल्चरल कपको लागि नेपालको तर्फबाट आयोजक टिम तयार पर्ने उद्धेश्यले आयोजना गरिएको यस प्रतियोगिता
७ पुरुष टीम र २ महिला टीमले भाग लिदैछन।
नेपाली खेलाडिहरु बीच मात्र हुने यो प्रतियोगिता मरारा इन्डोर इस्टेडियम मा बिहान ८:३० देखी सुरुभई बेलुका ७:३० मा सम्पन्न हुनेछ।
हाम्रो राष्ट्रिय खेल भलिबल लाई कर्मभुमी अष्ट्रेलियामा रहेका बिभिन्न समुदायमा परिचित गराउन चालिएको यो ऐतिहासिक कदम हाम्रो समुदायको लागि कोशेढुङ्गा सावित हुने बिश्वास लिनु हुन्छ NRNA NT अध्यक्ष बिष्णु चापागाईं।
खेलाडि हरुको हौसला बढाउन, खेल सौहार्दपूर्ण रुपले सम्पन्न गराउन र राष्ट्रीय खेल भलिबल प्रति सम्मान जनाउन सबै सबैलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं।प्रतियोगिता हेर्नको लागी प्रवेश निशुल्क रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP