मंगलबार , अषोज २७, २०८३

भारतले अर्को सातादेखि न्युजिल्यान्डसँग हुने तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजका लागि रोहित शर्माको कप्तानीमा १६ सदस्य टोलीको घोषणा गरेको छ ।

भर्खरै टि–२० अन्तर्राष्ट्रियबाट भारतीय टोलीको कप्तानी छाडेका विराट कोहलीलाई विश्राम दिइएको छ । केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

वेन्कटेस अय्यर, हर्षल पटेल र आवेश खान टोलीमा अटाउँदा टि–२० विश्वकपमा रहेका मोहम्मद शामी, रविन्द्र जडेजा र जसप्रित बुमराह पनि टोलीमा छैनन् ।

दिपक चाहर, युजवेन्द्र चाहल, मोहम्मद सिराज लगायतले टोलीमा पुनरागमन गरेका छन् ।

भारतले न्युजिल्यान्डसँग दुई टेस्ट सिरिज पनि खेल्ने छ । त्यसैले उसले टि–२० सिरिजमा आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको हो ।

टि–२० सिरिजको पहिलो खेल नोभेम्बर १७ मा जयपुर र दोस्रो खेल नोभेम्बर १९ मा राँची र तेस्रो तथा अन्तिम खेल नोभेम्बर २१ मा कोलकतामा हुनेछ ।

भारतको टोली : रोहित शर्मा, लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस अय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), इशान किशन, वेंकटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP