मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा १६ हजार ७३६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६१२ छ । नेपालमा कोरोना सङ्क्रमण दर १८.२ प्रतिशत छ ।

हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् ।

दुई जिल्लामा सङ्क्रमित शून्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई जिल्लामा कोरोना सङ्क्रमति शून्य रहेको छ । हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा ४८४ जना सङ्क्रमणबाट मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ३०६ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ । कोरोना सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ ।

अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४५४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा सात हजार ७७, संस्थागत आइसोलेशनमा ५३५, सघन उपचार कक्षमा १९९ र भेन्टिलेटरमा ५५ सङ्क्रमित छन् । देशभर आज ४३ हजार ३८० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ लाख ४७ हजार ७१२ जनाले कोरोना खोपको पहिलो मात्रा तथा ७४ लाख ६८ हजार ९१४ जनाले पूर्ण मात्रा लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP