आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीभित्र विद्रोहको तयारी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट उनी विद्रोहको तयारीमा लागेका हुन् ।

विगतमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावल असन्तुष्ट छन् । उनले ओलीलाई सहमति कार्यान्वयनको दबाब दिइरहेपछि हुबहु गर्न मानिरहेका छैनन् ।
ओली १० बुँदे सहमतिभन्दा मंसिरमा हुने तय भएको महाधिवेशनतर्फ बढेका छन् । उनी फेरि अध्यक्ष बन्ने निश्चित नै छ । ओलीले चाहेको व्यक्तिहरु नै पदाधिकारी बन्ने निश्चितप्रायः छ । त्यसमा रावलको सम्भावना कमजोर देखिएको छ ।

महाधिवेशन नजिकिदै गर्दा रावल ओलीविरुद्ध आक्रामक बन्दै गएका छन् । उनले एमाले छाड्ने सम्भावना बढेको छ । विश्वस्त स्रोतका अनुसार रावल एमाले छाडेर नयाँ ढंगबाट बढ्ने तयारीमा लागेका हुन् ।

रावलसँगै विगतमा माधवकुमार नेपालको पक्षमा रहेका एमाले नेताहरु अष्टलक्ष्मी शाक्य र घनश्याम भुसालले पनि ओलीको चर्को आलोचना गरिरहेका छन् । शाक्यले सहमतिमा जोड दिएकी छिन् । यसलाई उपाध्यक्ष पद सुनिश्चित गर्ने शाक्यको रणनीतिका रुपमा बुझिएको छ ।

गोकर्ण बिष्ट, भीम आचार्य, रघुजी पन्तलगायत नेताहरु मौन छन् । सुरेन्द्र पाण्डे र योगेश भट्टराई ओलीको मन जित्न प्रयासरत छन् । यी नेतामध्ये धेरैलाई ओलीले किनारा लगाउने देखिएको छ । यसकारण पनि एमालेभित्र अर्को विद्रोहको सम्भावना बढेर गएको छ । रावलसहितका नेताहरु मिलेर एमालेभित्र अर्को विद्रोहको सम्भावना बढेर गएको छ । महाधिवेशन अघि वा लगत्तै एमाले फेरि विभाजन हुने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP