मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरमा तय भएको महाधिवेशन नसर्ने स्पष्ट पारिसकेका छन् । उनले पहिलोपटक महाधिवेशन तोकिएको मितिमै हुने बताएबाट अब भने नसर्ने सम्भावना बढेको छ ।

काँग्रेस महाधिवेशन नजिकिदै गर्दा पार्टीभित्र नयाँ समिकरणहरु बन्न थालेका छन् । सभापतिका मुख्य दाबेदार देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका अलावा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइरालालगायतका नेताहरुको नयाँ समिकरण बन्ने संकेत देखिएको हो ।

देउवाको समूहबाट निधिले साथ छाडेपछि उनले इतर समूहका नेताहरुलाई पक्षमा पार्ने प्रयास गरिरहेका छन् । महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई साथमा ल्याउने देउवाको प्रयास देखिइसकेको छ । उनले यी नेताहरुसँग छुट्टाछुट्ट भेटेर प्रस्ताव पनि गरिसकेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले कुनै हालतमा देउवासँग नमिल्ने अडान देखाइसकेका छन् । उनी सभापतिको उम्मेदवारीबाट पछि नहट्ने अडानमा छन् । देउवा र पौडेलबाट पार्टी नचल्ने बताइसकेका छन् ।

महामन्त्री सशांक कोइराला देउवासँग मिलेर जाने सम्भावना औल्याइएको छ । तर, कोइरालाले साथ दिनेमा देउवा विश्वस्त छैनन् ।

केन्द्रीय सदस्य डा. शेखर कोइराला देउवाविरुद्ध सभापति लड्ने तयारी गर्दै आएका छन् । उनी देउवासँग हातेमालो गर्ने पक्षमा देखिदैनन् । सुजाता कोइराला देउवाप्रति लचिलो देखिएपनि उनले शेखर कोइरालाको साथ छाड्ने सम्भावना कमजोर छ ।

देउवाले निधिको साथ गुमाइसकेको र इतर समूहबाट पनि सभापतिको धेरै आकांक्षी रहेकाले भरपर्दो नेताको साथ खोजेको बुझिएको छ । उनले वरिष्ठ नेता पौडेललाई फकाउन सुरु गरेका छन् ।

पौडेललाई भविष्यमा महत्वपूर्ण पद दिने प्रस्ताव लगेर देउवाले साथ लिन खोजेको बुझिएको छ । उनले सरकार संचालनका लागि गठित समितिमा पौडेललाई संयोजक बनाइसकेका छन् । यो कदम अर्थपूर्ण मानिएको छ । काँग्रेसभित्र देउवा पक्षधरले भविष्यमा पौडेललाई राष्ट्रपति बनाउने प्रतिवद्धता गरेर पक्षमा पार्नुपर्नेमा जोड दिन थालेका छन् । पौडेललाई कार्यवाहक सभापति दिने गरी मनाउनेबारे पनि प्रयास भइरहेको बुझिएको छ ।

देउवाले पौडेललाई फकाइरहँदा काँग्रेसको राजनीतिमा नयाँ घटनाक्रम विकास भएको छ । पौडेलले कोइराला परिवार र सिंहको पनि साथ नपाउने भइसकेका छन् ।

यसबाट उनी राजनीतिक भविष्य सुरक्षित गर्न पनि देउवासँग नजिकिदै गएका छन् । देउवा र पौडेल मिलेमा काँग्रेसभित्र संस्थापन पक्ष विरोधी बलियो नेता को हुने हो चासो बनेको छ । अहिले देउवाको मुख्य प्रतिद्वन्द्वी बन्न कोइराला परिवारका तीन नेता र प्रकाशमान सिंहबीच प्रतिष्पर्धा चलिरहेको छ । दुवै कार्यकर्ताहरुलाई पक्षमा पार्न दौडधूप गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP