मंगलबार , बैसाख २९, २०८३

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ। सेनाध्यक्ष नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानसेनापतिले मंगलबार भेटवार्ता गरेका हुन्।

तीनदिने भारतको औपचारिक भ्रमणमा रहेका शर्मा र भारतीय सेनाध्यक्षबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधानसेनापति र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको छ। छलफलपछि प्रधानसेनापति शर्मालाई भारतीय सुरक्षाका बारेमा प्रस्तुति समेत गरिएको थियो।

त्यसअघि उनले राष्ट्रिय समर स्मारकमा वीर सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका थिए। प्रधानसेनापति शर्माको सम्मानमा भारतीय सेनाको एक टुकडिले सम्मान गारत अर्पण गरेको थियो।

भारत भ्रमणका क्रममा प्रधानसेनापतिले मानार्थ भारतीय सेनाध्यक्षको दर्ज्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP