सोमबार , भाद्र १५, २०८३

सोमबार लण्डनबाट स्वदेश फिर्ता हुँदा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा खटिएका कर्मचारीमाथि हातपात गरेको घटना विषयमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

मदिराले लठ्ठिएका सिइओ रेग्मीले विमानस्थलमा भन्सारका नासु सुमन थापामाथि हातपात गरेका थिए ।

नियमअनुसार १ लिटर मदिरामात्र ल्याइन पाइने भए पनि उनको साथबाट ६ बोतल मदिरा भेटिएको थियो । सिइओ रेग्मी मातेको हो वा होइन भनेर पछि स्वास्थ्य चेकजाँच गर्दा मदिरा पिएको रिपोर्ट आएको थियो ।

सिइओ रेग्मीसँगै पर्यटनमन्त्री प्रेम आले र सचिव यादव कोइराला पनि सोमबार लण्डनबाट ३ दिने कार्यक्रम सकेर स्वदेश फर्किएका थिए । मन्त्री र सचिव भने भीआइपी लाउञ्जबाट निस्किएका थिए भने सिइओ रेग्मीचाहिँ आम यात्रुसँगै चेकजाँचमा परेका थिए ।

चेकजाँचकै क्रममा सिइओ रेग्मीले नासु थापामाथि हातपात गरेका थिए । उक्त घटना घटेको थाहा पाएपछि मन्त्री आलेको निर्देशनमा मन्त्रालयले तीन दिने स्पष्टीकरण सोधेको छ ।

सोमबार नै मन्त्री आलेले रेग्मीलाई मन्त्रालयमा बोलाएर घटनाबारे सोधपुछ समेत गरेको बताइएको छ । सिइओ रेग्मीबाट चित्तबुझ्दो जवाफ नआएपछि सचिवमार्फत लिखित स्पष्टीकरण सोध्न निर्देशन दिइएको छ ।

लिखित स्पष्टीकरण चित्तबुझ्दो नआएको खण्डमा उनलाई कारवाही गरिने बताइएको छ । सिइओ रेग्मीको कार्यसम्पादनमा असन्तुष्ट मन्त्री आलेले उनलाई यहीँ घटनालाई आधार मानेर बोर्डबाट हटाउने तयारी गरिएको पनि बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP