आइतबार , भाद्र १४, २०८३

एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि चर्चामा ल्याइदिए । बेलायतबाट फर्किएलगत्तै देउवाले एमसीसीबारे बोले । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न आफू र प्रचण्डले अमेरिकालाई पत्र लेखिसकेको बताएर देउवाले तरंग ल्याइदिए । उनले बेलायतमा अमेरिकी राष्ट्रपति जो वाइडेन र एमसीसीका उच्च अधिकारीसँग पनि भेटेका थिए । उक्त भेटबाट उत्साही देउवाले देश फर्किएलगत्तै एमसीसी पास हुनेमा ढुक्क हुँदै बोलेपछि सर्वत्र चासो भए ।

देउवाले एमसीसी पास गर्न अमेरिकालाई पत्र लेखेको खुलाएको भोलिपल्टै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्ने भनेर पत्र नलेखेको बताए । उनले देउवाको भनाईको खण्डन गरे ।

एमसीसी पास गर्न देशभित्र सहमति हुनुपर्ने र त्यसका लागि समय माग्दै पत्र लेखेको खुलाए । देउवाले जे बोले त्यसको खण्डन प्रचण्डले गरे । यसकारण यी दुईमध्ये एकले एमसीसीको पत्रबार झूटो बोलेको स्पष्ट भएको छ ।

आज विराटनगरमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकले झूट बोलेको बताए । तर, को झूटो हो ? उनी अझै स्पष्ट देखिएनन् ।

देउवा एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । प्रचण्ड एमसीसी संशोधनविना पारित गर्न नहुने पक्षमा छन् । तर, दुवै नेता सत्ता गठबन्धनका मुख्य घटक काँग्रेस र माओवादीका नेतृत्वकर्ता हुन् । एमसीसीकै मुद्दाले दुई नेताबीच केही समस्या आउन थालिसकेको छ ।

एमसीसीबारे देउवा र प्रचण्डले पत्र पठाएको स्पष्ट भइसकेको छ । तर, पत्रमा एमसीसी पारित गर्ने भनिएको या संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक भएकाले समय मागिएको स्वतन्त्र रुपमा पुष्टि भएको छैन । एमसीसीबारे देउवा र प्रचण्डले पठाएको पत्र अझै गोप्य भएकाले स्पष्ट हुन सकेको छैन । तर, यी दुईमध्ये एकले झूटो बोलेको स्पष्ट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP