आइतबार , बैसाख २८, २०८२

वाग्मती प्रदेश सभाको बैठक आज बस्दैछ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको सभामुख सानुकुमार श्रेष्ठले बताए। सोमबार ३ बजेका लागि बैठक बोलाइएको छ।

बैठक आजै सुरुवात भए पनि समय अभाव भएमा मंगलवारमात्र विश्वासको मत लिने सभामुख श्रेष्ठले बताए।

मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत लामिछानेले सोमवार नै विश्वासको मत लिने तयारी गरिएको बताए। विश्वासको मतको प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री पाण्डेको तयारी छ। हाल वाग्मती प्रदेशमा तीन मन्त्री छन्। नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते पदबाट राजीनामा दिएसँगै भोलिपल्ट पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

मुख्यमन्त्री पाण्डेसँग कांग्रेसबाट कृष्णलाल भँडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनालले मन्त्रीको सपथ लिएका हुन्। मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भँडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

वाग्मतीमा एमालेको ४३ सांसद रहेको छ। सत्ता गठबन्धन दल माओवादीको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाको १ सांसद रहेको छ। यसैगरी विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ जना सांसद वाग्मती प्रदेशमा रहेका छन्। पाण्डेले ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP