मंगलबार , बैसाख २९, २०८३

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी तथा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन सुझाव दिएकी छन् । ओलीले आइतबार एक कार्यक्रममा बाबुराम भट्टराईकी छोरी बेलायतमा महिनाको ५ लाखसम्म खर्च गरेर पढेको दाबी गरेका थिए ।

मानुषीले त्यसको जवाफमा ओलीलाई तथ्यसहित अभिव्यक्ति दिन सुझाएकी हुन् । ओलीले राजनीतिलाई नै मजाकको विषय बनाएको भन्दै प्रश्न गरेकी छन्, ‘राजनीतिलाई कतिन्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?’

मानुषीले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘पूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला ।’ ओलीले लगाएको आरोपबारे उनले लेखेकी छन्, ‘स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा (हिसिला यमी) ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौं ।’

नेपालमा भूमिगत नेताकी छोरी बेलायतमा कताबाट कमाएर पढाएको ? भनेर प्रश्न गरेका थिए । ओलीले आफूहरूले पासपोर्ट बनाउन नसक्ने र भीसा लगाउन नसक्ने अवस्थामा माओवादीका भूमिगत नेता भट्टराईका छोराछोरी बेलायत र युरोप गएको आरोप लगाएका थिए । यसको जवाफमा मानुषीले लेखेकी छन्, ‘हामी कुन आम्दानीको स्रोतबाट गएका थियौं । त्यहाँ कस्तो अवस्थाबाट गुज्रियौं भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला को पेज नम्बर ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला ।’

जसपा संघीय परिषद्का अध्यक्ष भट्टराईले पनि ओलीलाई आरोप पुष्टि गर्न चुनौती दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP