आइतबार , भाद्र १४, २०८३

नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध थप सशक्त विरोध कार्यक्रम ल्याउने निर्णय गरेको छ । आइतबार बसेको बारको बैठकले आफ्नो सबै इकाइहरूलाई उजागर गर्दै थप सशक्त कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

न्यायापालिका सुधारको पक्षमा बार रहेको जिकिर गर्दै बार पदाधिकारीहरूले प्रधान न्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । आजको भर्च्यूअल बैठकमा भएको छलफलका क्रममा प्रधान न्यायाधीश जबराविरुद्ध थप कार्यक्रमहरूको घोषणा गर्ने निष्कर्ष निस्केको हो ।

छलफल कार्यक्रममा विभिन्न प्रदेश र जिल्लास्तरका बार इकाइहरूले आन्दोलनलाई बीचैमा रोक्न नहुने सुझाव दिएका हुन् । उनीहरूले जिल्ला अदालत र उच्च अदालत तथा उच्च अदालतका इजलासहरूमा रहेका समस्या पनि उठाउन बार नेतृत्वलाई सुझाव दिएका छन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले देशव्यापी रूपमा आन्दोलनको पक्षमा सुझाव आएको बताए । ‘करिब २५/३० वटा बार इकाइका पदाधिकारीहरूले आन्दोलन अझै सशक्त बनाउनुपर्छ, कुनै बहानामा रोक्नु हुँदैन भन्ने सुझाव दिनुभयो, अध्यक्ष श्रेष्ठले भनेका छन् ।

बाँकी इकाइहरूसँग सोमबार छलफल गर्नेसमेत अध्यक्ष श्रेष्ठले बताए । ‘सोमबार बाँकी इकाइहरूसँग छलफल गरेर हामी नयाँ निर्णयमा पुग्नेछौँ,’ उनले भनेका छन् । उनकाअनुसार अब भोलिबाट पुनः धर्ना कार्यक्रमसमेत शुरू हुनेछ ।

बारले प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै आएको छ । उसले विरोध कार्यक्रमसमेत गर्दै आएको छ । तर, जबराले राजीनामा नदिने बरु केही समयपछि आफू सम्मानपूर्वक बाहिरिने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP