शुक्रबार , भाद्र १२, २०८३

अक्षय कुमारको मुख्य भूमिका रहेको ‘सूर्यवंशी’ दीपावलीको अवसरमा सिनेमा घरमा रिलिज गरिएको छ । पहिलो दिन धमाकेदार ओपनिङ गरेको रोहित शेट्टी निर्देशित चलचित्रले दोस्रो दिन पनि राम्रो व्यापार गरेको छ ।

रिलिजको पहिलो दिन सूर्यवंशीले २६.२९ करोड भारतीय रुपैयाँ कमाएको थियो । चलचित्रले दोस्रो दिन २४.५० करोड भारु आम्दानी गर्न सफल भएको छ । चलचित्रलाई लिएर अझै क्रेज कायम रहेको छ । मुम्बईदेखि साना सहरमा चलचित्रको राम्रै क्रेज देखिएको छ ।

अक्षय र कटरिना कैफको यो चलचित्रले विदेशमा पनि राम्रै कमाई सुरु गरेको छ । सूर्यवंशीलाई भारतमा ४ हजारभन्दा बढी स्क्रिनमा रिलिज गरिएको छ । विदेशमा यसलाई १३ सयभन्दा बढी स्क्रिनमा देखाइँदैछ । रोहित शेट्टीको चलचित्रमा अक्षय र कटरिनाको साथै रणवीर सिंह र अजय देवगनको भूमिका पनि रहेको छ । त्यस्तै, गुलशन ग्रोवर, सिकंदर खेर, अभिमन्यु सिंह र जावेद जाफरीको पनि चलचित्रमा भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP