सोमबार , चैत्र २४, २०८१

अक्षय कुमारको मुख्य भूमिका रहेको ‘सूर्यवंशी’ दीपावलीको अवसरमा सिनेमा घरमा रिलिज गरिएको छ । पहिलो दिन धमाकेदार ओपनिङ गरेको रोहित शेट्टी निर्देशित चलचित्रले दोस्रो दिन पनि राम्रो व्यापार गरेको छ ।

रिलिजको पहिलो दिन सूर्यवंशीले २६.२९ करोड भारतीय रुपैयाँ कमाएको थियो । चलचित्रले दोस्रो दिन २४.५० करोड भारु आम्दानी गर्न सफल भएको छ । चलचित्रलाई लिएर अझै क्रेज कायम रहेको छ । मुम्बईदेखि साना सहरमा चलचित्रको राम्रै क्रेज देखिएको छ ।

अक्षय र कटरिना कैफको यो चलचित्रले विदेशमा पनि राम्रै कमाई सुरु गरेको छ । सूर्यवंशीलाई भारतमा ४ हजारभन्दा बढी स्क्रिनमा रिलिज गरिएको छ । विदेशमा यसलाई १३ सयभन्दा बढी स्क्रिनमा देखाइँदैछ । रोहित शेट्टीको चलचित्रमा अक्षय र कटरिनाको साथै रणवीर सिंह र अजय देवगनको भूमिका पनि रहेको छ । त्यस्तै, गुलशन ग्रोवर, सिकंदर खेर, अभिमन्यु सिंह र जावेद जाफरीको पनि चलचित्रमा भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP