गत २४ घण्टामा नेपालमा थप १४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ९ जना संक्रमितले ज्यान गुमाएका छन् ।
images
त्यस्तै, २४ घण्टामा ५६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ८ लाख १४ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने यसमध्ये ११ हजार ४४८ जनाको मृत्यु भएको छ । त्यस्तै, हाल ७ हजार ७१३ जना सक्रिय संक्रमित हुँदा निको हुनेको संख्या भने ७ लाख ९५ हजार ३९७ पुगेको छ ।