आइतबार , भाद्र १४, २०८३

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले छोरी मानुषीलाई बेलायत पढ्न नपठाएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको’ भनेर भट्टराईलाई प्रश्न गरेका थिए ।

जवाफमा भट्टराईले मानुषी सात वर्षको उमेरमा आमा (हिसिला यमी) सँगै बेलायत गएको भएपनि अध्ययनका लागि भने नगएको बताएका हुन् । सागै उनले ओलीलाई तथ्यहीन उडन्ते कुरा नगर्नसमेत भनेको छन् ।

उनले ट्वीटरमा भनेका छन्, “पूर्वप्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेलासँगै गएको र सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न !”

यसअघि एमाले कर्णाली प्रदेश कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले भनेका थिए- “आफूहरूले पासपोर्ट बनाउन नसक्ने बेला कसरी पार्सपोट बनाएर भट्टराईले आफ्ना छोराछोरीलाई बेला बढाउनुभयो ? बेलायत बढाउने आम्दानीको स्रोत के थियो ? प्रचण्ड बाँचे १७ हजार मरे । बाबुराम त बाँचे । बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिकता पाउन, पासर्पोट पाउन, सबै चिज पाउन । कसैको पार्सपोर्टबाट जानुभएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताइदिनुस् त ? तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कम्सेकम २/४, पाँच लाख महिनाको खर्च हुन्छ । भूमिगत हुँदा छोराछोरीलाई कहाँको आम्दानीले कसरी पढाउनु भएको थियो ?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP