
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट नेट रनरेटका कारण साउथ अफ्रिका बाहिरिएको छ । गए राति इङ्ल्याण्डलाई १० रनले हराए पनि साउथ अफ्रिका नेट रनरेटका आधारमा समूह चरणबाटै बाहिरिएको हो ।समूह–१ बाट इङ्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।
इङ्ल्याण्ड, अस्ट्रेलिया र साउथ अफ्रिकाको समान ८ अंक भए पनि नेट रनरेटका आधारमा इङ्ल्याण्ड समूह विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।