आइतबार , बैसाख ७, २०८२

आईसीसी टी २० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले फराकिलो जीत दर्ता गरेको छ ।

वेस्टइन्डिजविरुद्ध ८ विकेटको फराकिलो जीत दर्ता गरेको अस्ट्रेलियाले तालिकामा ८ अंक बनाएको छ भने रनरेट पनि राम्रो रहेको छ ।

आजै इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल हुँदै छ । उक्त खेलमा दक्षिण अफ्रिका विजयी भएमा रनरेटका आधारमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने छ ।

इंग्ल्याण्ड विजयी भए सिधै सेमिफाइनलमा अस्ट्रेलिया पुग्दा दक्षिण अफ्रिका बाहिरिने छ ।अस्ट्रेलियाले वेस्टइन्डिजलाई पराजित गरेपछि रनरेट १.२१६ रहेको छ भने तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको ०.७४२ रहेको छ ।

वेस्टइन्डिजले दिएको १५८ रनको लक्ष्य अस्ट्रेलियाले २२ बल बाँकी छँदै पुरा गरेको हो ।

अस्ट्रेलियालाई जिताउनका लागि डेभिड वार्नर र मिचेल मार्सले अर्धशतकीय पारि खेले ।

वार्नरले ५६ बलमा ८९ रनको नटआउट पारि खेले । वार्नरले ४ छक्का र ९ चौका प्रहार गरे । यसैगरी मार्सले ५३ रनको योगदान गरे ।

उनले ३२ बलमा दुई छक्का र पाँच चौका प्रहार गरको थिए ।आरोन फिन्च भने ९ रन बनाएर आउट भएका थिए । अन्तिममा क्रिजमा आएको ग्लेन म्याक्सवेलले बल पनि फेस नगर्दै अस्ट्रेलियाले ८ विकेटको फराकिलो जीत दर्ता गर्न सफल भयो ।

अस्ट्रेलियाले गुमाएको दुई विकेट अकेल हुसेन र क्रिस गेलको नाममा रह्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजका लागि किरोन पोलार्डले सर्वाधिक ४४ रन बनाउँदा इभेन लुईसले २९ रनको योगदान गरे ।

यसैगरी सिमरन हटमायरले २७ रन बनाउँदा आन्द्रे रसेल १८ रनमा नटआउट रहेका थिए ।

क्रिस गेलले १५ रन बनाउँदा ड्वान ब्राभोले १० रन जोडे । ब्राभोको यो नै अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट हो ।

यसअघि श्रीलंकासँग पराजित हुँदा उनले सन्यासको घोषणा गर्दै अस्ट्रेलिया विरुद्ध अन्तिम खेल खेल्ने बताएका थिए ।

अस्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP