शनिबार , भाद्र १३, २०८३

आईसीसी टी २० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले फराकिलो जीत दर्ता गरेको छ ।

वेस्टइन्डिजविरुद्ध ८ विकेटको फराकिलो जीत दर्ता गरेको अस्ट्रेलियाले तालिकामा ८ अंक बनाएको छ भने रनरेट पनि राम्रो रहेको छ ।

आजै इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल हुँदै छ । उक्त खेलमा दक्षिण अफ्रिका विजयी भएमा रनरेटका आधारमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने छ ।

इंग्ल्याण्ड विजयी भए सिधै सेमिफाइनलमा अस्ट्रेलिया पुग्दा दक्षिण अफ्रिका बाहिरिने छ ।अस्ट्रेलियाले वेस्टइन्डिजलाई पराजित गरेपछि रनरेट १.२१६ रहेको छ भने तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको ०.७४२ रहेको छ ।

वेस्टइन्डिजले दिएको १५८ रनको लक्ष्य अस्ट्रेलियाले २२ बल बाँकी छँदै पुरा गरेको हो ।

अस्ट्रेलियालाई जिताउनका लागि डेभिड वार्नर र मिचेल मार्सले अर्धशतकीय पारि खेले ।

वार्नरले ५६ बलमा ८९ रनको नटआउट पारि खेले । वार्नरले ४ छक्का र ९ चौका प्रहार गरे । यसैगरी मार्सले ५३ रनको योगदान गरे ।

उनले ३२ बलमा दुई छक्का र पाँच चौका प्रहार गरको थिए ।आरोन फिन्च भने ९ रन बनाएर आउट भएका थिए । अन्तिममा क्रिजमा आएको ग्लेन म्याक्सवेलले बल पनि फेस नगर्दै अस्ट्रेलियाले ८ विकेटको फराकिलो जीत दर्ता गर्न सफल भयो ।

अस्ट्रेलियाले गुमाएको दुई विकेट अकेल हुसेन र क्रिस गेलको नाममा रह्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजका लागि किरोन पोलार्डले सर्वाधिक ४४ रन बनाउँदा इभेन लुईसले २९ रनको योगदान गरे ।

यसैगरी सिमरन हटमायरले २७ रन बनाउँदा आन्द्रे रसेल १८ रनमा नटआउट रहेका थिए ।

क्रिस गेलले १५ रन बनाउँदा ड्वान ब्राभोले १० रन जोडे । ब्राभोको यो नै अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट हो ।

यसअघि श्रीलंकासँग पराजित हुँदा उनले सन्यासको घोषणा गर्दै अस्ट्रेलिया विरुद्ध अन्तिम खेल खेल्ने बताएका थिए ।

अस्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP