मंगलबार , बैसाख २९, २०८३

अमेरिकाको ह्यूस्टनमा आयोजित ट्रेविस स्कट के एस्ट्रोवर्ल्डको सांगितिक कार्यक्रमा भागदैड हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ ।

आपतकालीन अधिकारीहरुले भीड स्टेजतर्फ बढेपछि भागदौड मच्चिएको बताएका छन् । कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेका थिए । घटनापछि हार्ट अट्याकका कारण विरामी परेका ११ जनाालाई अस्पताल भर्ना गरिएको थियो । ती मध्ये ८ जनाको मृत्यु भएको हो ।कार्यक्रममा सहभागी कम्तिमा ३ सय मानिसलाई चोटपटक लागेको जनाइएको छ । स्थनीय नेता तथ ह्यारिस काउंटीकी जज लीना हिडाल्गले यो घटनालाई निकै दुःखद् भनेकी छन् । उनले यस्ता रमाइलो हुने कार्यक्रममा मानिसहरु खुशी हुन आउने भन्दै यसप्रकारको घटनाको अपेक्षा नगरिने बताएकी छन् ।

ह्यूस्टनका अग्नि नियन्त्रक प्रमुख स्यामूएल पेनाले स्थानीय समय अनुसार शुक्रबार अबेर सवा नौ बजेपछि भागदौड सुरु भएको बताएका छन् । उनले भीड स्टेजतर्फ अगाडि बढेपछि भागदौड मच्चिएको बताए । यो घटनापछि शनिबार आयोजना हुने थप कार्यक्रमहरु स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP