मंगलबार , अषोज २७, २०८३

सियरा लिओनमा एउटा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग ठोक्किँदा कम्तीमा ८४ जनाको ज्यान गएको छ ।

राजधानी फ्रीटाउनमा दुई गाडी जुधेर विस्फोट हुँदा कम्तीमा ८४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । फ्रीटाउनका मेयर वाइभोन अकि सवेरले एक सयभन्दा धेरैको ज्यान गएको बताउनुभएको छ । दुर्घटनामा झन्डै एक सय जना घाइतेको उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

भुइँमा पोखिएको इन्धनमा आगो लागेपछि नजिक रहेका मानिसहरू र सवारी साधनमा सल्किँदा धेरैको ज्यान गएको हो ।

राष्ट्रपति जुलियस मादा बायोले यसलाई दुःखद घटना भएको भन्दै पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

गएको मार्चमा पनि त्यही सहरको एउटा बस्तीमा आगलागी हुँदा ८० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । त्यस्तै सन् २०१७ मा भारी वर्षापछि आएको बाढीमा परेर एक हजारभन्दा धेरैको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP