सोमबार , भाद्र १५, २०८३

बेलायतबाट स्वदेश फर्किने क्रममा बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनसँग भएको भेटवार्ताबारे जानकारी गराउँदै भने ।

देउवाले गरेको दाबीलाई नै हेर्दा पनि टोपी लगाएको हुनाले मात्र बाइडनले चिने, अन्यथा चिन्ने रहेनछन् ।

देउवाको अभिव्यक्तिले नेपाल कूटनीतिक रूपमा र सामरिक रूपमा कहाँ छ, भन्ने देखाउँछ । मानौं नेपालको पहिचान भनेकै त्यही एउटा भादगाउँले टोपी हो । नेपालको अरू पहिचान र परिचय छैन । केवल टोपी लगाएर उभिएको एउटा मानिसले नेपालको प्रतिनिधित्व गर्छ ।

कूटनीतिक मामिलाका जानकारहरूका अनुसार अमेरिकी राष्ट्रपतिको भेटवार्ता पूर्वनिर्धारित हुन्छ । न कि देउवाले दाबी गरेको जस्तो भादगाउँले टोपी लगाएको मान्छे देख्दैमा यो नेपालको प्रधानमन्त्री भनेर हात मिलाउन गएका हुन् ।

एसियाका उदीयमान दुई मुलुक चीन र भरतको बीचमा रहेको र सामरिक महत्त्व भएको देश आफ्नो कूटनीतिक पहिचानमार्फत होइन भादगाउँले टोपीका कारण आफ्नो पहिचान दिनुपर्ने अवस्थामा पुगेको छ ।

कूटनीतिक कौशलमार्फत अन्तर्राष्ट्रिय जगत र मञ्चमा नेपालको सामर्थ्य बढाउने कुरामा ध्यान दिनुको सट्टा भादगाउँले टोपी लगाएको देखेर अमेरिकी राष्ट्रपतिले चिनेकोमा प्रफुल्ल छन्, हाम्रा प्रधानमन्त्री ।

अमेरिकी राष्ट्रपतिसँग हात मिलाउनु र फोटो खिचाउनु नै नेपालका प्रधानमन्त्रीको भ्रमण सफल भएको मानक बनेको छ । ‘हाम्रो नेतालाई अमेरिकी राष्ट्रपतिले भेट दियो’ भनेर कार्यकर्ताहरूले यसैमा हर्षबढाइँ गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP