मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्साही देखिएका छन् । उनी बेलायतबाट फर्किएपछि उत्साहपूर्वक बोल्न थालेका छन् । देउवाले केही महत्वपूर्ण खुलासाहरु पनि गरेका छन् ।राष्ट्रसंघको आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्त्री विश्व सम्मेलनमा भाग लिन पुगेका देउवाले महत्वपूर्ण भेटवार्ता गरेका थिए । अमेरिकी राष्ट्रपति जो वाइडेनसँग देउवाको अनौपचारिक भेटवार्ता भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक र अनौपचारिक गरी दुईपटक भेटवार्ता गरे ।

देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि भेटेका थिए । एमसीसीका उप कार्यकारी निर्देशकसँग पनि भेटे । यी भेटहरु देउवाका लागि निकै महत्वपूर्ण रहे ।

स्वदेश फर्किएपछि देउवाले एमसीसीबारे महत्वपूर्ण खुलासा गरे । एमसीसी पारित गर्न आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्र नै पठाएको उल्लेख गरे । उनले एमसीसी पारित हुने ठोकुवा गर्दै यस्तो खुलासा बेलायतबाट फर्किएपछि गरेका हुन् ।

देउवाले आज नेपाल संवत्को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मंसिरमै काँग्रेस महाधिवेशन हुने स्पष्ट पारे । यसअघि महाधिवेशन तोकिएको मितिमै हुने नहुनेबारे नबोलेका देउवा यसपटक बोलेका छन् । उनले काँग्रेसभित्र आफूलाई मजबुत पाएको र महाधिवेशन पनि गर्ने जमर्को गरेको बुझिएको छ ।

वाइडेन र मोदीसँगको भेटमा देउवाले महत्वपूर्ण कुराकानी गरेको र ढुक्क भएर फर्किएको बुझिएको छ । यसकारण पनि उनी महत्वपूर्ण मुद्दा र कार्यमा अगाडि बढ्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP