शनिबार , भाद्र १३, २०८३

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोप फेरि कोरोना भाइरस संक्रमणको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ।

डब्ल्युएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोप आगामी तीन महिनाभित्र महामारीको केन्द्र बनेर सोही अवधिमा ५ लाखसम्म मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।गत हप्ता विश्वमा आधाभन्दा बढी कोरोना संक्रमण तथा आधाजति मृत्यु मध्य एसियासमेत युरोप क्षेत्रमा भएको बताउँदै उनले यसको केन्द्र भने अब युरोप हुने चेतावनी दिएका हुन् ।

‘युरोपका ५३ देशमा देखिएको कोरोना संक्रमणको गति चिन्ताको विषय हो’, क्लुगेले भने, ‘संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका संक्रमण बढ्यो ।’

संक्रमण रोक्न खोप अभियानलाई तीव्रता दिन तथा भौतिक दूरीमा ध्यान दिन उनले अपिलसमेत गरेको बीबीसीले जनाएको छ ।

डब्ल्युएचओका अनुसार कोरोनाले युरोपेली देशमा अहिलेसम्म १४ लाख मानिसको मृत्यु भइसकेको छ।

डब्ल्युएचओका कोभिड-१९ प्राविधिक प्रमुख मरिया भान कर्कोफका अनुसार खोप र सामाग्रीको उपलब्धताका बावजुद पछिल्लो चार सातामा युरोपभरि सङ्क्रमित ५५ प्रतिशतले बढेका छन् । यो तथ्यांक ‘विश्वका लागि चेतावनी’ भएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP