आइतबार , भाद्र १४, २०८३

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् ।

बिहीबार नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताएका हुन् । पार्टीमा जतिसुकै ठूलो पदको भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा ‘स्टेप’ चाल्ने उनको भनाइ छ ।‘‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको, पार्टीको भए पनि हामी कडा स्टेप चाल्नेमा छौँ अहिले । तपाईंहरूको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडी बढेका छौँ,’’ उनले भने ।

अध्यक्ष प्रचण्डले देशी-विदेशी शक्तिहरू माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको जिकिर गरे । माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड जिउँदो रहुन्जेल माओवादी झन् जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजिएको उनको भनाइ छ ।

उनले भने, ‘‘अहिले पनि प्रतिक्रान्तिकारीहरू षड्यन्त्रमै छन् । प्रतिक्रियावादीहरू षड्यन्त्रमै छन् । देशी-विदेशी प्रतिक्रियावादीहरू कुनै न कुनै रूपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरे पनि नहुने, उनीहरूले तारो बनाए तपाईंहरूलाई थाहा छ, उनीहरूको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व । किनकि, पार्टी फुटाउँदा पनि केही सीप लागेन । पार्टी तीन टुक्रा, चार टुक्रा बनाउँदा पनि प्रचण्ड जिउँदै रहँदासम्म त यो आन्दोलन मर्ने रहेनछ, फेरि जागेर आउँदो रहेछ भन्ने अहिले देखियो । त्यसकारण अनेक खालका षड्यन्त्र छन् । तार्गेटचाहिँ बनाउन खोजिएको छ ।’’

केही समयपछि माओवादी एक नम्बरको पार्टी बन्ने विश्वास उनले व्यक्त गरे । माओवादी बलियो पार्टी नभए राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP