
युएईमा जारी आइसिसी टी–२० विश्वकपको सुपर–१२ मा अस्ट्रेलियाविरुद्ध बंगलादेश ७३ रनमै अलआउट भएको छ ।
टस हारेर ब्याटिङको मौका पाएका बंगलादेश १५ ओभरमै अलआउट भएको हो । उसका लागि शमिम होसेनले १९ र कप्तान महमुदुल्लाहले १६ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा स्पिनर एडम जम्पाले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै, जाेस हेजलउड, मिचेल स्टार्कले २/२ र ग्लेन म्याक्सवेलले एक विकेट लिए ।
जारी विश्वकपमा अष्ट्रेलियाले ३ म्याच खेल्दा २ मा जित र एक खेलमा हार बेहोरेको छ । बंगलादेशले भने ४ म्याच खेल्दा सबैमा हारको सामना गरेको छ । लगातारको हारले ऊ विश्वकपबाट पनि बाहिरिसकेको छ ।
अस्ट्रेलियाले भने सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेको छ । यी दुवै टोली समूह ‘१’ मा छन् ।