मंगलबार , अषोज २७, २०८३

युएईमा जारी आइसिसी टी–२० विश्वकपको सुपर–१२ मा अस्ट्रेलियाविरुद्ध बंगलादेश ७३ रनमै अलआउट भएको छ ।

टस हारेर ब्याटिङको मौका पाएका बंगलादेश १५ ओभरमै अलआउट भएको हो । उसका लागि शमिम होसेनले १९ र कप्तान महमुदुल्लाहले १६ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा स्पिनर एडम जम्पाले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै, जाेस हेजलउड, मिचेल स्टार्कले २/२ र ग्लेन म्याक्सवेलले एक विकेट लिए ।

जारी विश्वकपमा अष्ट्रेलियाले ३ म्याच खेल्दा २ मा जित र एक खेलमा हार बेहोरेको छ । बंगलादेशले भने ४ म्याच खेल्दा सबैमा हारको सामना गरेको छ । लगातारको हारले ऊ विश्वकपबाट पनि बाहिरिसकेको छ ।

अस्ट्रेलियाले भने सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेको छ । यी दुवै टोली समूह ‘१’ मा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP