आइतबार , भाद्र १४, २०८३

एमालेले आगामी महाधिवेशनको खर्चको लागि चन्दा नउठाउने भएको छ। एमाले सचिव योगेश भट्टराईले महाधिवेशनको खर्चको लागि सार्वजनिक रुपमा चन्दा आह्वान नगरेको बताए। केन्द्रको अनुमति बेगर स्थानीय रुपमा पनि चन्दा संकलन गर्न नपाइने उनले बताए।

उनले स्थानीय रुपमा महाधिवेशनमा आउने लाग्ने यातायात खर्च पनि केन्द्रको अनुमतिमा मात्रै उठाउन पाइने बताए। ‘स्वेच्छिकरुपमा सम्बन्धित तहले व्यवस्थापन गर्नुपर्छ, यसको लागि केन्द्रको अनुमति लिनुपर्छ,’ उनले भने।

उनले सदस्यता र नवीकरण नै एमालेको खर्चको स्रोत भएको बताए। केन्द्रीय सदस्य तथा केन्द्रीय निकायमा स्वतः हुने प्रतिनिधिबाट ३ हजार र निर्वाचन प्रतिनिधिबाट २ हजार उठाइने छ। एमालेमा १९९९ प्रतिनिधि महाधिवेशनका लागि छनौट हुनेछन्। जसमा ६६२ स्वत प्रतिनिधि हुनेछन् बाँकी निर्वाचित भएर आउने छन्।

सचिव भट्टराईले एमालेको लेखा प्रणाली सबैभन्दा पारदर्शी भएको दाबी गरे। झण्डै साढे ७ लाख संगठित सदस्यबाट एमालेले नियमित लेबी संकलन गर्ने गरेको छ। आर्थिक व्यवस्थामा एमालेलाई मजबुत पार्टीको रुपमा लिने गरिएको छ।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको बेला भने एमाले लेबी संकलन कार्यमा बिग्रिएको थियो। पुन लेबी संकलनलाई व्यवस्थित गर्न एमाले लागेको छ । महाधिवेशनको अधिवेशन खर्चको अनुमान अहिले नगरिसकेको एमाले सचिव भट्टराईले बताए।

एमालेले आगामी मंसिर १० गतेदेखि १२ सम्म हुने महाधिवेशनको उद्‍घाटन सत्रमा पाँच जनता उतार्ने घोषणा गरेको छ। यो महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ। यो महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP