शनिबार , भाद्र १३, २०८३

लिभरपुलले बुधबार राति युरोपेली च्याम्पियन्स लिगको समूह बी मा एटलेटिको म्याड्रिडलाई सजिलै २–० ले हराएर युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को यात्रा तय गरेको छ । लिभरपुलका लागि डिएगो जोटा र साडियो मानेले गोल गरे ।दुवै गोलका लागि ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले अवसर मिलाएका थिए । लिभरपुलको समूहको यो लगातार चौथो जित हो र उसको १२ अंक भएको छ । पोर्टो पाँच अंकमा दोस्रो स्थानमा छ ।

अर्को खेलमा पोर्टोले एसी मिलानसँग १–१ को बराबरी खेल्यो । समूह ए मा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई सजिलै ४–१ ले हरायो । यो जितपछि सिटीको ९ अंक भएको छ ।

समूहको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र आरबी लेइपजिगले २–२ को बराबरी खेले । समूह सी मा आयाक्सले बोरुसिया डर्टमुन्डलाई ३–१ र स्पोर्टिङले बेसिकटासलाई ४–० ले हरायो ।

यस्तै, समूह डी मा करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले साख्तर डोनेस्कमाथि २–१ को प्रभावशाली जित निकाल्यो भने इन्टर मिलानले सेरिफलाई ३–१ ले पन्छायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP