मंगलबार , अषोज २७, २०८३

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बंगलादेशमा तयारी गर्ने भएको छ । नेपाली टोलीले विश्वकप छनोट अन्तर्गत एसिया छनोटका लागि बंगलादेशमा तयारी गर्ने भएको हो ।

यूएईमा हुने आईसीसी वुमन्स टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारी स्वरूप नेपालले एक साताको तयारी गर्ने भएको हो ।नेपालले बंगालादेशमा रहेको बीकेएसपी एकेडेमीसँग मैत्रीपूर्ण खेल खेल्ने क्यान स्रोतले बताएको छ ।बंगलादेशमा नेपालले नोमेम्बर ४ देखि १४ सम्म तयारी गर्नेछ । त्यसका लागि नेपाली टोली बिहीबार ११ बजे बंगलादेशतर्फ प्रस्थान गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वान्टी विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । नेपालले हङकङविरुद्ध खेल्दै अर्काे महिना प्रतियोगिताको सुरुवात गर्नेछ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्र सहभागी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP