सोमबार , भाद्र १५, २०८३

पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै तिहारको मुखैमा हवाई टिकट महंगिएको छ ।

वायुसेवा सञ्चालक संघले बुधबार विज्ञप्ति निकालेर बढेको इन्धन सरचार्जसहित एक सय बढी रुटमा हवाई टिकटको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

संघले नागरिक उड्डयन प्राधिकरणले मंगलबारैदेखि लागू हुने गरी नयाँ मूल्य अनुमोदन गरेको पनि जनाएको छ । नयाँ मूल्य सूची अनुसार आन्तरिक हवाई टिकटको मूल्य ४५ रुपैयाँदेखि ४ सय ४० रुपैयाँसम्म महंगिएको छ ।

नयाँ मूल्यसूची अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडा ४ सय ४० रुपैयाँसम्म वृद्धि भएको छ ।

यसअघि काठमाडौंदेखि धनगढीसम्मको लागि ३ हजार ८ सय हवाई इन्धनमा खर्च हुनेमा अहिले यो बढेर ४ हजार २ सय ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP