आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमाले ओली प्राइभेट लिमिटेड बनेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा बुधबार बिहान आयाेजना गरेकाे दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले अब एमालेमा ओलीको गलत कार्यको विरोध गर्ने कोही नभएको धारणा राखेका हुन्।

अब एमालेमा अध्यक्ष केपी शर्मा ओलीकाे गलत कार्यशैलीकाे विराेध गर्ने नेता भीम रावल र घनश्याम भुसाल दुई जना मात्र बाँकी रहेकाे नेता थापाले बताए।

त्यस क्रममा उनले एमाले उपाध्यक्ष रावलले अध्यक्ष ओलीकाे अलिअलि विरोध गर्ने प्रयास गरेको तर उनी निरीह देखिएको बताए। थापाले भने, ‘त्यहाँ (एमालेमा) कोही पनि फरक मत राख्ने… भीम रावल, विचरा भीम रावल, यसो हेर्छु माया पनि लाग्छ र, घनश्याम भुसाल, दुई जना देख्छु। बाँकी कोही पनि हुनुहुन्न।’

नेता थापाले एमालेमा बाँकी काेही पनि कार्यकर्ता पनि नभएकाे सबै बा बा भन्ने भाटहरू मात्र रहेकाे टिप्पणी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP