
असोज २० गते मन्त्रालयको निर्णयानुसार क्यूआर कोडसहितको खोप कार्ड स्थानीय तहबाट रुजु हुने भएको हो । कार्ड प्राप्त गर्न केही समस्या भएमा आफ्नो स्थानीय तहमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले जारी गरिएको सूचनामा लेखिएको छ,’अनलाईन आवेदन दिएपश्चात केही समस्या परेमा स्थायी ठेगाना भएको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा सम्पर्क गर्नुहुन अनुरोध छ ।’