मंगलबार , बैसाख २९, २०८३

विश्वका एक सयभन्दा धेरै देशले सन् २०३० भित्रमा वन विनाश रोक्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालसहित अमेरिका, बेलायत, क्यानडा, ब्राजिल, रुस, चीन, इन्डोनेसिया, पाकिस्तान, कङ्गोलगायतले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्बनडाइअक्साइड कटौतीका लागि महत्त्वपूर्ण भूमिका रहेका रुख काटिँदा जलवायु परिवर्तनमा सहयोग पुग्ने गरेको छ ।

जलवायु सम्मेलन कोप–२६ मा भएको महत्त्वपूर्ण सम्झौतामा वन संरक्षण तथा पुनर्स्थापना लागि थप वित्तीय लगानीको वाचा समेत गरिएको छ । वाचा कार्यान्वयनमा ल्याउन खर्च हुने १९ दशमलव २ अर्ब डलर सार्वजनिक तथा निजी कोषबाट समाविष्ट हुनेछ ।

केही रकम वन क्षेत्र पुरानो अवस्थामा फर्काउन, डढेलो न्यूनीकरण गर्न र स्थानीय आदिवासी समुदायलाई सघाउनका लागि खर्च गरिनेछ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सम्मेलनमा सम्बोधन गर्दै पृथ्वीमा रहेको वन जोगाउन महत्त्वपूर्ण सहमति भएको बताउनुभयो ।

स्कटल्यान्डकाे ग्लास्गोमा भइरहेको जलवायु सम्मेलन कोप–२६ मा अमेरिका, युरोपियन युनियन, बेलायतलगायत विश्वका ८० भन्दा धेरै देशले सन् २०३० भित्रमा मिथेन ग्याँसको उत्सर्जनलाई ३० प्रतिशत कटौती गर्ने प्रतिज्ञामा समेत हस्ताक्षर गरेका छन् ।

विश्वको तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा झार्नको लागि मिथेनको उत्सर्जन घटाउन यो सहमति भएको युरोपेली आयोगका प्रमुख उर्सुला फोन डेर लेयेनले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP