मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ग्लास्गोमा भएको औपचारिक भेटवार्तामा दुवै प्रधानमन्त्रीले द्विपक्षीय सहयोगका विषयमा समेत छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले मोदीसँगको भेट गम्भीर र सुमधुर भएको संक्षिप्त प्रतिक्रिया दिए । ‘मैले उहाँलाई नेपाल भ्रमणको निम्तो दिएँ, उहाँले पनि भारत भ्रमणको निम्तो दिनुभयो,’ उनले भने, ‘द्विपक्षीय भ्रमणबारे काठमाडौं पुगेपछि मितिको टुंगो गरिनेछ ।’

जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन आइतबार साँझ ग्लास्गो आएका प्रधानमन्त्री देउवा र मोदीले त्यही दिन अनौपचारिक भेटवार्ता गरे पनि मंगलबार बिहान द्विपक्षीय औपचारिक भेटवार्ता भएको हो । लिम्पियाधुरा, लिपुलेक, कालापानीको सीमा विवादका नेपाल र भारतका बीचमा सम्बन्ध सुधार हुन नसकिरहेको बेला देउवा र मोदीबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाल र भारतबीच पछिल्लो समय सीमा, दार्चुलाको तुइन घटनालगायतका विषय उठेका छन् तर मंगलबारको भेटवार्तामा ती विषयमा कुराकानी भए/नभएको भन्नेबारेमा दुवै पक्षले खुलाएको छैन । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले ग्लास्गोस्थित कोप २६ आयोजना स्थल ‘स्कटिस एक्जिबिसन सेन्टर’ मा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको जानकारी दिए ।

‘उहाँहरूबीच द्विपक्षीय सम्बन्ध अघि बढाउने र सहयोग आदानप्रदानबारे छलफल भयो,’ उनले भने । भेटवार्ता करिब २० मिनेट भएको थियो । भेटवार्तामा नेपालका तर्फबाट वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र सचिव पौड्याल र अन्य पदाधिकारीको सहभागिता रहेको थियो । मोदीसँग भने विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसहितका पदाधिकारी थिए ।

चौथो पटक प्रधानमन्त्री भएपछि देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसपछि दुई नेताबीचमा भेटवार्ता भएको थिएन । देउवा पाँचौं पटक प्रधानमन्त्री भएको एक महिनापछि गत साउन ३ मा संसद्बाट विश्वासको मत लिएको दिन मोदीले फोन गरेर बधाई दिएका थिए । द्विपक्षीय भेटपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्वीट गर्दै दुवै नेताहरूले नजिकको घनिष्ठ द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने जनाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP