मंगलबार , अषोज २७, २०८३

आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो जित हात पार्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

मंगलबार भएको खेलमा बंगलादेशमाथि ६ विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले अन्तिम चारको यात्रा जीवित राखेको हो।

यता लगातार चार हारसँगै बंगलादेश भने सुपर १२ बाटै बाहिरिएको छ। सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड लगातार चार जित निकालेर अन्तिम चारमा पुगिसकेको छ।मंगलबार खराब ब्याटिङ गरेको बंगलादेश १८.२ ओभरमा ८४ रनमै अलआउट भयो। बंगलादेशका लागि मेहदी हसनले २७ रन र समिम हुसेनले ११ रन जोडे। अन्य ९ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बंगलादेशको इनिङ ध्वस्त पार्ने क्रममा दक्षिण अफ्रिकाका तीव्र गतिका बलरद्वय कागिसो राबडा र एनरिच नोर्कियाले धारिलो बलिङ गरे। दुवैले ३-३ विकेट लिन सफल भए। राबडाले ४ ओभरमा २० रन दिँदा नोर्किया ३.२ ओभरमा ८ रन मात्र खर्चिए।

८५ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो। दक्षिण अफ्रिकाका लागि क्वान्टन डि ककले १६ रन, भान डेर डुसनले २२ रन र कप्तान तेम्बा बाभुमाले नटआउट ३१ रन जोडे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP