शुक्रबार , भाद्र १२, २०८३

हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ। आगामी साताको एपिसोडसँगै कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको हो।

कार्यक्रममा पात्र, स्टुडिओलगायतको समस्या भएकाले कार्यक्रम बन्द गर्न लागिएको सञ्चालक जितु नेपालले जानकारी दिए।

‘पात्रहरूले पनि धोका दिए। एउटा रियालिटो शो लामो समयसम्म गरिसकेपछि बीचमा केही समय ब्रेक लिनुपर्ने रहेछ। अरूले पनि निश्चित भागको प्याकेज गर्दारहेछन्। तर मैले ११ वर्षसम्म जिरेखुर्सानी बनाइरहेको भएकाले चलिरहेको छ, लैजाउ न भन्दा कहिले भनेजस्तो गर्न नसक्ने, कहिले कलाकार, कहिले स्टुडिओलगायतको तालमेल मिलिरहेको थिएन। जसोतसो यहाँसम्म ल्याइयो अब चै ब्रेक गरौं भन्ने निर्णय भयो’, नेपालले भने।अब आउने साता हिमेश पन्त र सुमन कोइरालासँगको कार्यक्रमनै अन्तिम हुने उनले जानकारी दिए।

यहीँ फर्म्याटमा नभए पनि विज्ञापन र टेलिभिजनबीच सहकार्य भएमा फेरि पनि आउन सक्ने उनले बताए। ‘अर्को नयाँ तरिकाले आउन त आउँछ। तर विज्ञापन, हामी र टेलिभिजनबीच सहकार्य हुनुपर्छ’, उनले भने।

सिजन–२ को ५४औँ एपिसोड पुगिसकेको शो बन्द भएपछि आफू डाक्टर कपिल रिजालको निर्माण निर्देशनमा बन्न लागेको फिल्ममा आवद्ध भएको जानकारी दिए। ‘साम्राज्ञीसँग खेल्नका लागि डाक्टर कपिल रिजालले निर्माण र निर्देशन गर्न लागेको फिल्ममा आवद्ध भइसकेको छु, आगामी मंसिर १५ बाट सुटिङ सुरू हुन्छ,’ उनले भने।

यसबाहेक आफ्नो नयाँ टेलिसिरियल बनाउने योजनासमेत रहेको नेपालले सुनाए।

‘राजनीतिक विषय बस्तुलाई व्यङ्ग्यात्मक तरिकाले सिरियल बनाउने योजनामा छु, केही समय पछि सुरू गर्छु होला’, उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP