मंगलबार , अषोज २७, २०८३

नेपाली चाड पर्व भित्रिय संगै र शुभकामना आदन-प्रदान कार्यक्रम हुने क्रम बढे संगै अस्ट्रेलियाको डार्विनमा पनि ३० अक्टुवर शनिवारको दिन एक भब्य कार्यक्रम को आयोजना गरियो।  खेल, मनोरञ्जन र मित्रता यी तिन मूल मन्त्रको साथ स्थापना भएको टिम एभरेस्टले आयोजना गरेको उक्त कार्यक्रमको प्रायोजन भने KBA GLOBAL ले गरेको थियो।

विशुद्ध मनोरञ्जन गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो। जिङ्गलि वाटर पार्क मा भएको कार्यक्रममा नेपाली खाना को स्वाद सेलरोटीले आउने सबैलाई आकर्षित गरेको थियो। नेपाली सस्कृतिलाइ प्रोत्साहन गर्न मादल को ताल मा देउसी भैलो भट्टयाउने लोक गीत गाउने नाच्ने संगै रमाइलोको लागि लंगुर बुर्जा खेलाइएको थियो।

टिम एभरेस्ट का भवानी पौडेल भन्नु हुन्छ, परदेशमा बसे पनि हामीलाई हाम्रो धर्म सस्कृति निकै प्यारो लाग्ने गर्छ।  त्यसैले यस्तो चाडपर्वमा सबै प्रवाशी नेपाली दाजुभाई दिदिबहिनी संगै भएर एकै ठाँउमा बसेर रमाइलो संगै शुभकामना अदन प्रदान गरौ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो।

KBA GLOBAL का निर्देशक शम्भु कंडेलले आउने सबैलाई दिपावलीको शुभकामना दिदै नेपालीलाइ नेपाली भनेर चिनाउने यस्तो खाले कार्यक्रम बेला मौकामा भइ राख्न पर्ने र आफ्ना आफन्त घर परिवार बाट टाढा भएका सम्पूर्ण नेपाली लाइ एकै ठाउँ जम्मा गरि रमाइलो गर्ने कार्यक्रमको आफु र आफ्नो कम्पनी पनि हिस्सा हुन पाएकोमा टिम एभरेस्ट परिवारलाई धन्यबाद साथै आउदा दिनमा नेपाली समुदायको हित को लागि जे गर्न पनि आफु तयार रहेको जानकारी पनि वहाले दिनु भयो।

कार्यक्रममा डार्विन निवासी धेरै नेपालीको उपस्थिति थियो।  कार्यक्रममा उपस्थित बिबेक ढकाल भन्नु हुन्छ, कार्यक्रममा निकै रमाइलो भयो आउदा दिनमा टिम एभरेस्टले आयोजना गर्ने हरेक कार्यक्रममा आफ्नो साथ र सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

४ बजे सुरु भएको कार्यक्रम निकै रमाइलोका साथ सम्पन्न भएको उपस्थित सबैले जानकारी दिनु भएको थियो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP