आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसले वडा अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लामा छठअघि नै अधिवेशन गर्ने तयारी गरेको छ।केन्द्रीय निर्वाचन समितिले आज गरेको छलफलमा पदाधिकारीहरूसँग यसबारे मंगलबार छलफल गरेर अधिवेशनको मिति तय गर्ने तयारी गरेको हो।

कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशन नै गरेको छैन। यीमध्ये रौतहट र रसुवामा क्रियाशील सदस्यताबारे अझै विवाद छ।कांग्रेसले गत भदौ १८ देखि वडा अधिवेशन गरेको थियो। ६४ जिल्लामा वडा अधिवेशन सकिएर नयाँ नेतृत्व आइसकेको छ।

कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले वडा अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरूमा छठअघि नै अधिवेशन गर्ने गरी पार्टी पदाधिकारीसँग छलफल गरिने बताए।‘वडा अधिवेशनको कार्यतालिका पार्टीले नै बनाउने हो तर हामीले पनि तिहार-छठअघि नै अधिवेशन गर्न सकिन्छ भनेर खाका दिन लागेका छौं,’ संयोजक यादवले भने, ‘पदाधिकारीहरूसँग छलफल गरेपछि अधिवेशनको मिति तय हुन्छ।’

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने भनेको छ तर कार्यतालिका प्रभावित भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP