शनिबार , भाद्र १३, २०८३

मासोन माउन्टको ह्याट्रिकको मद्दतले चेल्सीले प्रिमियर लिगमा शनिवार नर्विच सिटीलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा माउन्टले ह्याट्रिक पूरा गरे भने कलुम हडसन ओडोई, रिस जेम्स र बेन चिलवेलले एक-एक गोल गरे । नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे ।

६५औं मिनेटमा बेन गिब्सन दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिँदा नर्विच १० खेलाडीमा समेटिएको थियो ।

जितपछि शीर्ष स्थानको चेल्सीले ९ खेलबाट २२ अंक जोडेको छ । चेल्सीले एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलसंग ४ अंकको दूरी बनाएको छ ।

सातौं हार बेहोरेको नर्विच भने ९ खेलबाट जम्मा २ अंकसहित पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP