शनिबार , बैसाख २७, २०८२

नेकपा एमालेको १०औं महाधिवेशनमा को कुन पदमा उम्मेदवारी बन्नेबारे बहस चलिसकेको छ । मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुने महाधिवेशनमा अध्यक्षसहित १५ पदाधिकारी मुख्य चासोको पद हो ।ओली अध्यक्षमा दोहोरिने निश्चित नै छ । ओलीकै चाहना अनुसार बाँकी १४ पदमा पदाधिकारी निर्वाचित हुने अवस्था छ । एमालेमा ९० प्रतिशत पकड ओलीकै देखिन्छ ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमा प्रभावशाली नेताहरुको दाबी छ । ओलीले आफ्ना विश्वासपात्रहरु विष्णु पौडेल र सुवास नेम्वाङलाई कुन पदका लागि बढाउनलान् चासोको विषय छ । विश्वस्त स्रोतका अनुसार पौडेल र नेम्वाङलाई उपाध्यक्षमा बढाउने ओलीको चाहना रहेको छ ।

पौडेल तत्कालीन नेकपाका महासचिव हुन् । उनी पूर्व उपप्रधानमन्त्री समेत हुन् । नेम्वाङ स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता हुन् । सभामुखको अनुभव समेत सम्हालेका छन् ।

बादल पूर्वमाओवादी नेता हुन् । कठिन घडीमा ओलीलाई साथ दिएकाले उनले एमालेमा निकै महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । पूर्वगृहमन्त्री समेत रहेका बादललाई एमालेको उपाध्यक्षमा बढाउने ओलीको चाहना रहेको बुझिएको छ । उनकै चाहना अनुसार ओली चितवनमा एमाले महाधिवेशन गर्न तयार भएका थिए ।

वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्षमा ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा बादलको सम्भावना बलियो छ । तर, यी हस्ती नेताहरुको चाहना वरिष्ठ नेता बन्नेमा छ । महासचिवमा पनि केहीको चाहना छ । यसलाई व्यवस्थापन गर्न ओलीलाई चुनौती छ । तर, ओलीको बलियो पकड रहेकाले उनको निर्देशनलाई कुनैपनि नेताले नकार्ने सम्भावना कमजोर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP