मंगलबार , अषोज २७, २०८३

रक्सी पिएर आएको श्रीमानसँग पैसाको कारण विवाद बढ्दै गएपछि कैंची प्रहार गरी ज्यान लिने एक नेपाली महिलालाई अस्ट्रेलियाको अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ।

सिड्नीको ग्रानभिल एरीयामा अटो ग्यारेज सञ्चालन गर्दै आएका नेपाली युवा सन्तोषको घरायसी झगडामा आफ्नै श्रीमतीद्वारा कैची प्रहार गरी ज्यान गएको थियो।

अदालतले यो घटनालाई भवितब्यका रूपमा मान्दै उनलाई तीन वर्षको मात्र सजाय सुनाएको छ। तीन वर्ष अर्थात रात र दिन दुबै गनिँदा डेढ वर्ष अर्थात उनी आगामी नोभेम्बरमा सजायमुक्त हुने भएकी छिन्।

सन् २०१९ नाभेम्बर २३ मा स्थानीय ग्रानभिलमा भएको घटनामा उनका पति सन्तोषको ज्यान गएको थियो। सुरूमा सन्तोषले उनलाई कैंचीले तिघ्रामा हानेको र यसैका आवेगमा आफूले प्रतिवाद गर्दा घटना भएको उनले बताएकी थिइन्।आफूहरूबीच पैसाको विषयलाई लिएर विवाद भएको उनले अदालतसमक्ष बयान दिएकी थिइन्।

श्रीमान सन्तोषको मदिराको लत भएको र यौन दुव्र्यवहारसमेत गर्ने गरेको उनले बताएकी थिइन्। निज रक्सीको सुरमा घरमा आउने र हरेक पटक यौन सम्पर्कको प्रस्ताव गर्ने गरेकाले आफू आजीत बनेको बताएकी थिइन्। यस्तो यौनसम्पर्क गर्भनिरोधक साधनबीना हुने गरेको र यसैकारण कयौं पटक गर्भपतनसमेत गराउनुपरेको उनले न्यायाधीशसामू बताएकी थिइन्।घटना भएको दिन सन्तोष घर आइपुग्दा श्रीमतीले खाताबाट २ हजार डलर झिकिएको थाहा पाएपछि विवाद सुरू भएको उनले बयानको क्रममा बताएकी छिन्। यसक्रममा सन्तोषले सुरुमा जगल्ट्याएर कैंचीले तिघ्रामा हानेको र यसको प्रतिवाद गर्दा निजको घाँटीमा लागेको उनको बयान थियो। यसपछि अत्यधिक रक्तश्रावको कारण सन्तोषको मृत्यु भएको थियो।

उनको मुद्दाको फैसला गर्ने न्यायाधीशलेसमेत यौन दुर्व्यवहारको विषयलाई प्रमुख जोड दिँदै घटना भवितब्यमा हुन गएकाले कम सजायको भागिदार भएको निचोड निकालेका थिए।

अदालतमा सुनवाईको क्रममा ती महिलाले नेपाल गएर आफू नयाँ जीवन सुरु गर्न नसक्ने बताए पनि अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय हुनेगरी अपराध गर्ने आप्रवासीलाई जेल सजायपछि देश निकाला गरिने नियम छ।

परिवारका सदस्य र अन्य कारण यो सम्भव नहुने भन्दै उनले डिपोर्ट नगर्न अनुरोध गरेकी थिइन्। तर अदालतले सो अनुरोधलाई भने स्वीकार गर्न नसकिने बताएको छ।

उनीहरूका एक छोरी पनि छिन् र उनलाई एक नेपाली परिवारले पश्चिम सिड्नीमा राखेर हेरचाह गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP