शनिबार , बैसाख २७, २०८२

नेकपा एमालेको आज शुरु भएको देशव्यापी वडा अधिवेशन सम्पन्न भएको छ। थापाथलीस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि देशव्यापी रुपमा वडा अधिवेशन शुरु भएका थिए ।

६ हजार ७ सय ४३ वडामध्य बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद मिलाउन बाँकी केही वडामा मात्रै अधिवेशन हुन बाँकी छ। अधिवेशन हुन बाँकी वडामा अधिवेशन चाँडै गर्न अध्यक्ष ओलीले निर्देशन दिएका थिए। सम्बन्धित पालिका कमिटीले वडा अधिवेशन सम्पन्न गर्ने छन्।

अधिवेशन सम्पन्न भएसँगै परिणाम आउन थालेका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ५ हजार भन्दा बढी वडामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको विवरणहरु आएको जानकारी दिए।

बाँकीमा पनि शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको उनको भनाइ छ। पालिका कमिटीका अधिवेशनहरु ९ गते हुने छन् । एमालेले मंसिर १०-१२ गते चितवनमा १० औं महाधिवेशन गर्दै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP