एमालेले दुई नेतालाई पार्टी केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमाले नेता भीम रावलले भने सो निर्णयको विरोध गरेका छन् । उनले प्रभु साहलाई खुसी पार्न पार्टीको अपानी विपरित निर्णय भएको भन्दै बैठकपछि सार्वजनिक रुपमै असन्तुष्टि जनाए ।