आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेको महाधिवेशनको प्रक्रिया ६ कात्तिकबाट अगाडि बढ्दैछ । देशभरका वडा तहको अधिवेशन शनिबार हुँदैछ ।एमालेका १० लाखभन्दा बढी क्रियाशील सदस्यहरु वडा अधिवेशनमा सहभागी हुनेछन् । एमाले विभाजनपछि महाधिवेशनको प्रक्रिया अगाडि बढ्न लागेको हो ।

बाढीपहिरो प्रभावित क्षेत्रहरुमा भने वडा अधिवेशन सारिएको छ । १५ कात्तिकभित्र सारिएको ठाउँमा अधिवेशन गर्ने तयारी भएको छ ।

देशभरका ६ हजार ७ सय ४५ वडाबाट एमालेले प्रतिनिधि चयन गर्नेछ । वडाबाट पालिका, क्षेत्र, जिल्ला हुँदै महाधिवेशनमा केन्द्रीय कमिटी र पदाधिकारी चयन हुनेछ ।

५३ वटा स्थानीय निकायमा पालिका अधिवेशन ९ गते हुने तय भइसकेको छ । पालिकाबाट ५ जना वा १० जना संगठित सदस्यबराबर एकजना प्रतिनिधि चयन हुनेछन् ।

एमालेको महाधिवेशन प्रतिनिधि छनोटका लागि १६५ निर्वाचन क्षेत्रबाट प्रत्येकबाट कति संख्यामा प्रतिनिधि चयन हुने केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने भएको छ ।त्यसका लागि १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय आजको स्थायी कमिटी बैठकले गरिसकेको छ ।

एमालेमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव गरी १५ सदस्यीय पदाधिकारीको विधानले व्यवस्था गरेको छ ।

अध्यक्षमा केपी शर्मा ओली चयन हुने निश्चितप्रायः छ । उनी अध्यक्ष बन्न मिल्ने गरी एमालेको विधान नै संशोधन गरी उमेर हदमा संशोधन गरिएको छ । जस अनुसार ७० वर्षसम्म उमेरहद राखिएको छ तर ७० वर्ष रहेको अवस्थामा अध्यक्ष चुनिएमा कार्यकालभर उमेरहद लाग्नेछैन ।

एमाले महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा आयोजना गर्ने तय भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP