सोमबार , बैसाख २९, २०८२

नेपाली मुलका इटालियन खेलाडी विकाश मेराग्लिया च्यासल युथ क्लबमा अनुबन्ध भएका छन् । शुक्रबार क्लबमा अनुबन्ध भएका विकाशले २०७८ को सहिद स्मारक ए डिभिजन लिग खेल्दै छन् ।

६ वर्षकै उमेर एक इटालीयन दम्पतीले धर्मपुत्र बनाएर लगेका उनले फुटवल खेल्नै नेपाल आएको बताएका छन् । साथै, उनले नेपालमा बसेर फुटबललाई नयाँ गति दिलाउने पनि आशा देखाए ।

साथै, उनले १३ वर्षदेखि नेपाल आउने धोको पूरा भएको पनि बताएका छन् ।

को हुन्, विकास ?

६ वर्षको उमेरमा अर्थात् सन् २००८ मा विकासलाई एक इटालीयन दम्पतीले धर्मपुत्रमा रुपमा लगेका थिए । आज विकास इटालीबाट जन्मथलो नेपाल फर्केको ठ्याक्कै १३ वर्ष पुगेको छ ।

सानैदेखि फुटबलमा सौखिन विकास इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका थिए । उनले इटालीको यु–१६ टोलीबाटसमेत खेलिसकेका छन् भने इटालियन युथ फुटबलमा विकासको खुबै चर्चा छ ।

इटालीमा रहँदा एटलान्टा र भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट विकासले खेल खेलिसकेका छन् ।

अब उनको खेल कार्तिक २९ गतेदेखि सुरु हुने ए डिभिजन लिगमा देखिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु