शनिबार , भाद्र १३, २०८३

नेपाली मुलका इटालियन खेलाडी विकाश मेराग्लिया च्यासल युथ क्लबमा अनुबन्ध भएका छन् । शुक्रबार क्लबमा अनुबन्ध भएका विकाशले २०७८ को सहिद स्मारक ए डिभिजन लिग खेल्दै छन् ।

६ वर्षकै उमेर एक इटालीयन दम्पतीले धर्मपुत्र बनाएर लगेका उनले फुटवल खेल्नै नेपाल आएको बताएका छन् । साथै, उनले नेपालमा बसेर फुटबललाई नयाँ गति दिलाउने पनि आशा देखाए ।

साथै, उनले १३ वर्षदेखि नेपाल आउने धोको पूरा भएको पनि बताएका छन् ।

को हुन्, विकास ?

६ वर्षको उमेरमा अर्थात् सन् २००८ मा विकासलाई एक इटालीयन दम्पतीले धर्मपुत्रमा रुपमा लगेका थिए । आज विकास इटालीबाट जन्मथलो नेपाल फर्केको ठ्याक्कै १३ वर्ष पुगेको छ ।

सानैदेखि फुटबलमा सौखिन विकास इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका थिए । उनले इटालीको यु–१६ टोलीबाटसमेत खेलिसकेका छन् भने इटालियन युथ फुटबलमा विकासको खुबै चर्चा छ ।

इटालीमा रहँदा एटलान्टा र भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट विकासले खेल खेलिसकेका छन् ।

अब उनको खेल कार्तिक २९ गतेदेखि सुरु हुने ए डिभिजन लिगमा देखिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP