नेपालमा शुक्रबार थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ५३ पीसीआर परीक्षणमा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षणमा १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २ हजार १ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ३७ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ ।
त्यस्तै थप ९ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८५ हजार ८ सय १३ जना निको भएका छन् । हाल नेपालमा १० हजार ९ सय ४६ सक्रिय संक्रमित आइसोलेसन र २२३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।