मंगलबार , अषोज २७, २०८३

चीनमा कोरोना भाइरसले पुन: एक पटक आफ्नो प्रभाव देखाउन थालेको छ ।

चीनमा लगातार संक्रमितको संख्या बढिरहेको छ ।यसका कारण चिनियाँ सरकार सजग भएको छ र विभिन्न कडा कदमहरु चाल्न थालेको छ ।
विभिन्न विमानका उडानहरु रद्द गर्न थालिएको छ भने विभिन्न क्षेत्रहरुमा विद्यालयहरु बन्द गर्न थालिएका छन् । केही स्थानहरुमा पुन: लकडाउन गर्न थालिएको छ ।जानकारीका अनुसार चीनको उत्तर तथा उत्तर पश्चिम शहरहरुमा संक्रमण तिब्र गतिले फैलिरहेको छ ।

केही बाहिरबाट आएका यात्रुहरुलाई यो आउटब्रेकका लागि जिम्मेवार मानिएको छ । अहिलेका लागि प्रशासनले कडा कदम उठाउन थालिसकेको छ ।मास टेस्टिङ त प्रारम्भ भइ नै सकेको छ , यसबाहेक सम्पूर्ण पर्यटन क्षेत्रहरुलाई बन्द गरिएको छ । संक्रमण हुने ठाउँहरुमा मनोरञ्जन स्थलहरु पनि बन्द गरिएका छन् भने केही क्षेत्रमा लकडाउन लागू गरिएको छ । चीनको लोङहोउ क्षेत्रमा त मानिसहरुलाई घरबाट बाहिर ननिस्कन अपील समेत गरिएको छ ।
यदि कुनै अत्यावश्यक काम छैन भने घरभित्रै बस्न आग्रह गरिएको छ । घर बाहिर निस्कनेहरुलाई कोभिडको नेगेटिभ रिपोर्ट देखाउन भनिएको छ ।

नियम कडा बनाइनुका साथै त्यसलाई पालना नगर्नेविरुद्ध एक्शन समेत लिन थालिएको समाचारहरुमा जनाएको छ । बढ्दो संक्रमणकै कारण छियान तथा लोङहोउ क्षेत्रमा ६० प्रतिशत उडानहरु रद्द गरिएका छन् । के पनि भनिएको छ भने मंगोलियासंग जोडिएको क्षेत्रहरुमा बढ्दो संक्रमणका कारणले कोइलाको आयातमा समेत प्रभाव पर्न सक्ने छ । त्यसो त अहिले पनि चीनमा २४ घण्टामा केवल १३ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपि, यो कडाइ किन पनि गरिएको हुनसक्छ भने चिनियाँ सरकार आफ्नो देशमा एउटा पनि सक्रिय संक्रमित चाहँदैन । यस्तो अवस्थामा एक जनामा संक्रमण देखियो भने पनि प्रशासन पुरै कठोर हुने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP