सोमबार , जेठ २७, २०८२

चीनमा कोरोना भाइरसले पुन: एक पटक आफ्नो प्रभाव देखाउन थालेको छ ।

चीनमा लगातार संक्रमितको संख्या बढिरहेको छ ।यसका कारण चिनियाँ सरकार सजग भएको छ र विभिन्न कडा कदमहरु चाल्न थालेको छ ।
विभिन्न विमानका उडानहरु रद्द गर्न थालिएको छ भने विभिन्न क्षेत्रहरुमा विद्यालयहरु बन्द गर्न थालिएका छन् । केही स्थानहरुमा पुन: लकडाउन गर्न थालिएको छ ।जानकारीका अनुसार चीनको उत्तर तथा उत्तर पश्चिम शहरहरुमा संक्रमण तिब्र गतिले फैलिरहेको छ ।

केही बाहिरबाट आएका यात्रुहरुलाई यो आउटब्रेकका लागि जिम्मेवार मानिएको छ । अहिलेका लागि प्रशासनले कडा कदम उठाउन थालिसकेको छ ।मास टेस्टिङ त प्रारम्भ भइ नै सकेको छ , यसबाहेक सम्पूर्ण पर्यटन क्षेत्रहरुलाई बन्द गरिएको छ । संक्रमण हुने ठाउँहरुमा मनोरञ्जन स्थलहरु पनि बन्द गरिएका छन् भने केही क्षेत्रमा लकडाउन लागू गरिएको छ । चीनको लोङहोउ क्षेत्रमा त मानिसहरुलाई घरबाट बाहिर ननिस्कन अपील समेत गरिएको छ ।
यदि कुनै अत्यावश्यक काम छैन भने घरभित्रै बस्न आग्रह गरिएको छ । घर बाहिर निस्कनेहरुलाई कोभिडको नेगेटिभ रिपोर्ट देखाउन भनिएको छ ।

नियम कडा बनाइनुका साथै त्यसलाई पालना नगर्नेविरुद्ध एक्शन समेत लिन थालिएको समाचारहरुमा जनाएको छ । बढ्दो संक्रमणकै कारण छियान तथा लोङहोउ क्षेत्रमा ६० प्रतिशत उडानहरु रद्द गरिएका छन् । के पनि भनिएको छ भने मंगोलियासंग जोडिएको क्षेत्रहरुमा बढ्दो संक्रमणका कारणले कोइलाको आयातमा समेत प्रभाव पर्न सक्ने छ । त्यसो त अहिले पनि चीनमा २४ घण्टामा केवल १३ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपि, यो कडाइ किन पनि गरिएको हुनसक्छ भने चिनियाँ सरकार आफ्नो देशमा एउटा पनि सक्रिय संक्रमित चाहँदैन । यस्तो अवस्थामा एक जनामा संक्रमण देखियो भने पनि प्रशासन पुरै कठोर हुने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP