आइतबार , भाद्र १४, २०८३

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु ६ दिन लम्बिएको छ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेपछि सरकारको आयु ६ दिन लम्बिएको हो।

प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको अवस्थामा प्रदेशसभा बैठक १० गतेसम्मका लागि सारिएको छ।

बिहीबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा सांसदहरुले छलफल गरेका थिए। विश्वासको मतसम्बन्धी प्रस्तावको बाँकी प्रक्रिया अर्को बैठकमा हुने गरी सभामुख श्रेष्ठले बिहीबारको बैठक स्थगित गरेका छन्।

विपक्षी गठबन्धनले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममै सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। उनीहरुले आफूहरुलाई अर्को विकल्पमा जान बाध्य नपारियोस् भन्ने चेतावनीसमेत दिएका थिए।

विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरिसकेका छन्। विपक्षी गठबन्धनसँग प्रदेशसभाको प्रस्ट बहुमत छ।

एमाले विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन्। १०९ सांसद रहेको बागमती प्रदेशमा सरकार टिकाउन शाक्यलाई ५५ मत आवश्यक पर्छ। तर, उनीसँग ४३ मत मात्रै रहेकोले विश्वासको मत नपाउने निश्चित छ।

गठबन्धनमा माओवादी केन्द्र २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादीका एक गरी ५९ सांसद छन्।​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP