शनिबार , बैसाख २७, २०८२

विपक्षी गठबन्धनको बिहीबार बसेको बैठकमा एकीकृत समाजवादी र कांग्रेसले बाँकी अवधिमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो। एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डे र कांग्रेसको तर्फबाट इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन्।

प्रदेश सभाको अवधि अब करीब १६ महीना बाँकी छ। यसमा शुरूआतको आठ महीना पाण्डेले र त्यसपछिको आठ महीना बानियाँले सरकारको नेतृत्व गर्ने सहमति बनेको एक नेताले बताए। उनले भने, “अब बाँकी अवधि गठबन्धनको नै सरकार हुनेछ, त्यसमा पालैपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको छ।”

कांग्रेस संसदीय दलका नेता बानियाँले पनि यसको पुष्टि गरेका छन्। “अब बाँकी अवधि गठबन्धनकै सरकार बन्छ,” बानियाँले भने, “मिलेरै अगाडि बढ्ने सहमति भएको छ।”

अहिले एकीकृत समाजवादीका तर्फबाट पाण्डेले सरकारको नेतृत्व गर्नेछन्। उनले बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै विपक्षी गठबन्धनबाट आफूलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए। “मलाई विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ। त्यसका लागि विपक्षी गठबन्धनप्रति आभार प्रकट गर्दछु,” पाण्डेले भने।

प्रदेश सभा बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेलले पनि पाण्डेलाई विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए।

११० सदस्यीय प्रदेश सभामा अहिले १०९ सांसद छन्। जसमा नेकपा (एमाले) का ४३, कांग्रेसका २२, माओवादीका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।

सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी गठबन्धनमा ५८ सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP