मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बुधबार बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंँग भेट गरी आइतबारदेखि परेको मेमौसमी वर्षाको कारण सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभिन्न जिल्लाहरूमा आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधन, पूर्वाधार, खेतीबालीको क्षति तथा बडादसैंको अवधिमा भएका सवारी दुर्घटनाहरूका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

क्षतिप्रति प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गर्नुभएको डा. महतले जानकारी दिनुभएको छ– ‘विपद्को समयमा पीडितहरूको उद्धार, पुनःस्थापना र राहतको व्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरू पनि परिचालित हुनुपर्ने आवश्यकता देखिएको प्रधानमन्त्रीको ठहर छ ।

उहाँले तत्कालका यी काम सम्पन्न भएपछि पाकिसकेको धानबालीमा वर्षाले पुर्‍याएको क्षतिबारे यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि प्रधानमन्त्रीसमक्ष निवेदन गर्नुभएको छ । यस कार्यमा स्थानीय सरकार र राजनीतिक दलका स्थानीय इकाइले पूर्ण सहयोग गर्नुपर्ने अवस्था उहाँले औंल्याउनुभएको छ ।

सह–महामन्त्री डा. महतले उद्धार, राहत र पुनःस्थापना जस्ता मानवीय कार्यमा सिंगो नेपाली कांग्रेस पार्टी र भातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धित क्षेत्रका सबै तहका पदाधिकारी तथा सदस्यहरू सक्रियतापूर्वक खट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

भेटका अवसरमा सह–महामन्त्री डा. महतले प्रधानमन्त्री देउवालाई केही समययता भएका सवारी दुर्घटनाका बारेमा पनि जानकारी गराउनुभएको थियो । तत्कालका लागि यस्ता दुर्घटनामा परेका यात्रुहरूको निःशुल्क स्वास्थ्योपचार, मृतकका परिवारलाई राहत सहयोग र दीर्घकालमा दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्ने सम्बन्धमा उहाँले राख्नुभएको प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकारात्मकरूपमा लिनुभएको डा.महतले बताउनुभएको छ ।

यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गरी केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानको कारणले देशका विभिन्न जिल्लाहरूमा जनधनको ठूलो क्षति भएको तथा जनजिवन अस्तव्यस्त भएको जिकिर गर्दै उद्धार, राहत र पुनस्र्थापनाको कार्यमा खटिन आफ्ना भातृ एवं शुभेच्छुक संघ संगठनहरूलाई आग्रह गर्नुभएको छ ।

‘यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्न नेपाली कांग्रेस आग्रह गर्दछ । सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ’– विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP